हिन्दू स्वयंसेवक संघ नेपलले व्यक्ति निर्माणलाई निकै महत्त्व दिने गर्दछ ।
व्यक्ति निर्माण भन्नाले शारीरिक, मानसिक, र आध्यात्मिक रूपले सक्षम, अनुशासित, तथा समाजको कल्याणका लागि समर्पित व्यक्तिको निर्माणलाई बुझिन्छ। हिन्दुत्व दर्शन अनुसार, व्यक्तिले समाजको रूपान्तरण र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ। यसकारण, व्यक्ति नै राष्ट्रको सबैभन्दा महत्वपूर्ण एकाइ हो, र यसको सशक्तिकरणले राष्ट्रलाई सशक्त बनाउँछ। स्मरण रहोस्, यहाँ राष्ट्र एउटा राजनीतिक नभएर सांस्कृतिक एकाइ हो ।
व्यक्ति निर्माण किन आवश्यक छ?
व्यक्ति निर्माण किन आवश्यक छ भने समाजको उन्नति व्यक्ति विशेषको नैतिकता, अनुशासन, र आदर्श व्यवहारमा निर्भर गर्दछ। संघको ध्येय ‘राष्ट्रहित सर्वोपरि’ रहेको हुँदा व्यक्ति निर्माणले समाजलाई एकीकृत गर्न, आदर्श नागरिकत्वको विकास गर्न, र हिन्दू संस्कृतिको संरक्षण गर्न सहयोग पुर्याउँछ।
संघको चिन्तन अनुसार व्यक्ति निर्माण कसरी हुन्छ?
संघले दैनिक शाखाका माध्यमबाट संस्कारका लागि कार्य गर्दछ । संस्कारले नै व्यक्तिको चरित्र निर्माण गर्दछ। व्यक्तिगत चरित्र नै राष्ट्रिय चरित्र निर्माणको आधार हो।
संघको दैनिक शाखालाई संस्कार आधान गर्ने स्थल भनिन्छ, किनकि:
शारीरिक अभ्यास: शाखामा व्यायाम, खेलकुद र योगद्वारा शारीरिक बल, अनुशासन, र सहकार्यको भावना विकाश गरिन्छ।
आध्यात्मिक र नैतिक शिक्षा: संघको शाखामा गीत, प्रार्थना, र बौद्धिक सत्रद्वारा नैतिकता, संस्कार, र हिन्दू धर्मका आदर्शहरू सिकाइन्छ। यसले स्वयंसेवकको विचारधारा शुद्ध बनाउँछ।
समूहिकता र समर्पण: शाखाले व्यक्तिहरूलाई समूहमा मिलेर काम गर्न सिकाउँछ, जहाँ जात-पात, भाषा, वा क्षेत्रको भेदभाव नगरी एकताको भावनाले प्रेरित गरिन्छ। यसले समर्पण र सेवा भावनालाई प्रोत्साहन गर्दछ।
अनुशासन: दैनिक शाखामा नियमित उपस्थितिले समयको महत्व, अनुशासन, र एकताको अभ्यास गराइन्छ, जसले जीवनको हरेक पक्षमा संयमित र जिम्मेवार बनाउँछ।
संक्षेपमा, संघले शाखालाई संस्कार स्थान बनाउने कार्य गर्दछ, जहाँ व्यक्ति निर्माणका सबै पाटाहरू — शारीरिक, मानसिक, बौद्धिक, र आध्यात्मिक — लाई समावेश गरी राष्ट्रप्रति समर्पित व्यक्तित्वको विकास हुन्छ।
No comments:
Post a Comment