जीवन-शक्ति विहीन धर्म कहिल्यै धर्म हुन सक्दैन। त्यसको स्वरूप त अत्यन्त पवित्र, बलप्रद र ज्ञानयुक्त हुन्छ। यस्तो धर्म— जसले शक्ति प्रदान गरोस्, ज्ञान देओस्, हृदयको अन्धकारलाई हटाएर नव स्फूर्ति (नयाँ जोस) भरिदेओस्।
आउनुहोस्, हामी त्यस सत्यको, त्यस धर्मको वन्दना गरौँ। कामना गरौँ र यसलाई जन-जीवनमा प्रवाहित हुन दिऔँ। सुगाले धेरै बोल्न त सक्छ, तर बन्धनमा परेको (पिंजडामा थुनिएको) उसले केही गर्न सक्दैन।
हामी राग-द्वेष, काम, क्रोध, मद, मत्सर, अज्ञान, निन्दा, कुविचार र दुष्कर्मको पिंजडामा आबद्ध नहोऔँ। मुखले राम्रा कुराहरू बोलौँ र त्यसलाई जीवनमा व्यवहारमा पनि उतारौँ। हाम्रो मस्तिष्कमा जुन दुर्बलता भरिएको छ, त्यसलाई निकालेर शक्तिशाली बन्नका लागि कटिबद्ध हुनुपर्दछ।
- स्वामी विवेकानन्द

No comments:
Post a Comment