Tuesday, May 17, 2022

संघ चिन्तन | एउटा सुअवसर हो स्वयंसेवक हुनु



स्वयंसेवक हुनु आफैमा सुअवसर पनि हो—

  • आफूमा निहित सर्वश्रेष्ठ व्यक्तिगत गुणहरूलाई प्रकट गर्ने,
  • हाम्रा व्यक्तिगत गुणहरूलाई समाज–उपयोगी बनाउने,
  • हाम्रो समाजको कार्य अरु कसैले होइन, हामी आफै अग्रसर भएर गर्नुपर्छ भन्ने भावलाई चरितार्थ गर्ने,
  • व्यक्तिगत सुख र स्वार्थको कामना त्यागेर समाज, राष्ट्र गर्दै विश्वकै सुखको लागि समर्पित हुने,
  • संगठनको व्रत लिएर अघि बढेका छौँ, यसर्थ यस व्रतका लागि आवश्यक संयम र तपस्या गर्दै अघिबढ्ने,
  • संगठनको कार्यमा आइपर्ने सबै संकटहरूलाई प्रसन्नचित्त एवं निर्भय बनेर प्रतिरोध गर्ने,
  • समाजलाई सुसंगठित बनाउने उद्देश्य बोकेको हुनाले लोकसंग्रह (व्यक्ति जोड्ने), लोक–संस्कार (व्यक्तिमा समाज–उपयोगी गुण बढाउने) र लोक–नियोजन (व्यक्तिको योग्यता अनुसारको दायित्व/कार्य दिने) गुण विकास गर्ने,
  • एक्लैले सबै कार्य सम्पन्न हुँदैन यसैले सबैलाई साथमा लिएर हिँड्न सक्ने सामूहिकताको भावना कार्यकर्तामा हुनुपर्छ । यस्तो भावना विकास गर्ने..

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...