यत्र यत्र मनो देही धारयेत् सकलं धिया ।
स्नेहाद् द्वेषाद् भयाद् वापि याति तत्तत्स्वरूपताम् ।।
स्नेहाद् द्वेषाद् भयाद् वापि याति तत्तत्स्वरूपताम् ।।
स्नेह, द्वेष अथवा भयले नै किन नहोस्, मानिसले पनि निश्चयात्मक बुद्धिले जुन–जुन विषयमा आफ्नो मनलाई एकाग्र गराउँदछ उसले त्यही–त्यही रूप प्राप्त गर्दछ ।
कुमलकोटीले भित्तामा माटोको प्वाल बनाएर त्यसमा बन्द गरेको अर्कै किराले निरन्तर कुमलकोटीकै चिन्तन गर्दछ । अन्ततः उसले आफ्नो पहिलाको रूपलाई नत्यागी कुमलकोटीकै समान रूप धारण गर्दछ ।
प्रेरणा
हामीले श्रेष्ठ जीवनको कामना गर्छौँँ भने हाम्रो विचार, चिन्तन कर्म र अभ्यास पनि श्रेष्ठ नै हुनुपर्छ ।
श्रीमद्भागवत महापुराण । अवधूतोपाख्यान । उद्धवगीता ।
एकादश स्कन्ध । अध्याय ९ । श्लोक २२ ।
एकादश स्कन्ध । अध्याय ९ । श्लोक २२ ।
No comments:
Post a Comment