जन्मदिन त्यो शुभ पर्व हो, जुन दिन परमात्माले तपाईंलाई आत्मविकासको अनन्त सम्भावनाहरूले परिपूर्ण मानव जीवन सर्वोत्तम उपहारका रूपमा प्रदान गर्नुभयो । एउटा दियो बाल्नुभयो, यस आशाका साथ कि स्वयं प्रकाशित रहेर अरूका निम्ति पनि ऊर्जासम्पन्न दीपक बन्नुहुनेछ । जगतलाई प्रकाशित गर्नुहुनेछ ।
यसर्थ तपाईँले दियो निभाएर होइन दियो बालेर जन्मदिन मनाउनुहोस् । सकेसम्म अष्टचिरञ्जीविको पूजा गरेर, यज्ञभावले हवनादि गरेर जन्मदिन मनाउनु श्रेयस्कर हुन्छ । अथवा, त्यो विधि वर्षैपिच्छे गर्न सहज नहुने भए केही यस्ता उपाय छन् जसलाई अवलम्बन गर्दा तपाईँको जन्मदिन एउटा सार्थक दिवस बन्नेछ ।
जसको जन्मदिन मनाउनु पर्ने हुन्छ उसले ब्रह्ममुहूर्तमा उठी स्नानादि प्रातः कालको नित्य कर्म गरेर—
१. देव अर्चन— दीप प्रज्ज्वलन, कलस पूजन, हवन आदि गरेर बालक/बालिकालाई तिलक (टिका) लगाइदिने ।
२. दानको सङ्कल्प— उपहार लिनुभन्दा पनि दान दिनु उत्तम हुन्छ । अतः सामर्थ्य अनुसार दान दिने परम्परा बसाल्ने । यसका लागि
विपन्न वर्गका, अभिभावक नभएका बाल–बालिकाहरूको सहायताका लागि चलाइएका बालगृह, छात्रावास आदिमा आवश्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान दिन सकिन्छ । यसले समाजको
सेवा पनि हुन्छ र जन्मदिन मनाउने
बालक–बालिकाको हृदयमा आनन्द पनि हुन्छ ।
३. गौग्रास
— गाई श्रद्धाकी केन्द्र हुन् । अतः गाईलाई
गोग्रास खुवाउनुपर्छ ।
४. वृक्षरोपण
— जन्मदिवसमा एक वा एकभन्दा
अधिक बिरूवा रोपेर वर्षभरी (राम्रो गरी हुर्किएसम्म) त्यसको संरक्षण गर्ने सङ्कल्प लिने ।
५. आशीर्वाद
— आफूभन्दा ठूला, मान्यजनबाटलाई अभिवादन गर्दै आशीर्वाद लिने । उनीहरूको सेवा
सत्कार गर्ने ।
६. सद्गुणको सङ्कल्प — अबको एक वर्षमा केही राम्रा गुणहरू, जस्तै — सेवा, सत्य, अक्रोध, मीठो बोल्ने, शुद्धता, सभ्य आचरण जस्ता गुणलाई आफ्नो जीवनमा समाहित गर्ने, त्यसको बानी बसाल्ने सङ्कल्प लिएर त्यसको अभ्यास गर्ने ।
७. दीप प्रज्ज्वलन — बलेको बत्ती निभ्नु अथवा निभाउनु अशुभ मानिन्छ । मैनबत्ती निभाएर हैन बरू त्यसको सट्टा गाईको घिउमा दिनभरी बल्ने गरी दियो बालेर, त्यसको पूजन गरेर जन्मदिन मनाउनु सार्थक हुन्छ । यसले दीयो झैं उज्वल जीवनको कामना गरेको अर्थ बुझ्न सकिन्छ ।
आशीर्वाद
मन्त्र (स्वस्ति वाचक मन्त्र)
अर्थ
— हे बालक/बालिके वा यजमान ! तिमी
वृद्धि प्राप्त गर्दै सय शरद ऋतु,
हेमन्त ऋतु, वसन्त ऋतुहरूसम्म बाँच । विद्युत र
अग्नि अथवा ऐश्वर्यशाली सर्वज्ञ परमात्मा, सूर्य र त्यसका स्वामी
परमात्मा सय वर्षको साधनरूपी
भोग सामग्रीले यसलाई (शतम् पुनः) एक सय वर्ष
परिमित आयु निश्चय नै घरिघरि प्रदान
गरून् ।
No comments:
Post a Comment