जीव मा मृथाः ।। (अथर्ववेद, ३।३१।८)
बाँच, नमर ।
••• ••• •••
••• ••• •••
तिमी मानव हौ अमृतका सन्तति !
तिमी अमरत्वका अधिकारी ।
अमृतलाई अभ्यास बनाऊ
हे नायक ! सत्यव्रतधारी !
०००
तुच्छ आकांक्षामा अल्झिएर
किन व्यर्थ गुमाउँछौ जीवन ।
शिवसङ्कल्प लिई जाग तिमी
विराट होस् तिम्रो दर्शन !
०००
वेद भन्छन् तिमी बाँच...
सार्थक जीवन बाँच
मृत्युका तिमी अधिकारी हैनौ
जीवन ऊर्जा साँच ।
०००
समय हो जीवन, समयलाई
तिमी उपयोगी बनाऊ..
उन्नतिका पथमा लम्कौँ..
सँगै, आऊ हात समाऊ..
तिमी अमरत्वका अधिकारी ।
अमृतलाई अभ्यास बनाऊ
हे नायक ! सत्यव्रतधारी !
०००
तुच्छ आकांक्षामा अल्झिएर
किन व्यर्थ गुमाउँछौ जीवन ।
शिवसङ्कल्प लिई जाग तिमी
विराट होस् तिम्रो दर्शन !
०००
वेद भन्छन् तिमी बाँच...
सार्थक जीवन बाँच
मृत्युका तिमी अधिकारी हैनौ
जीवन ऊर्जा साँच ।
०००
समय हो जीवन, समयलाई
तिमी उपयोगी बनाऊ..
उन्नतिका पथमा लम्कौँ..
सँगै, आऊ हात समाऊ..
०००००००००
यो वै भूमा तत्सुखं नाल्पे सुखमस्ति — छान्दोग्योपनिषद्
विस्तार नै जीवन हो । संकुचन मृत्यु । — स्वामी विवेकानन्द
No comments:
Post a Comment