Sunday, December 21, 2025

स्वामी विवेकानन्द | शक्तिदायिनी विचार | हामी ब्रह्माग्निका झिल्का



जुन व्यक्तिले दिन-रात आफूलाई दीन-हीन वा अयोग्य सम्झेर बस्छ, उसबाट केही पनि हुन सक्दैन। वास्तवमा, यदि उसले दिन-रात आफूलाई दीन, नीच र 'केही होइन' ठान्छ भने ऊ 'केही होइन' नै बन्न पुग्छ।

यदि तिमीले 'मभित्र शक्ति छ' भन्यौ भने तिमीमा शक्ति जागृत हुनेछ। र यदि तिमीले 'म केही पनि होइन' भनेर सोच्छौ र दिन-रात यही सोचिरहन्छौ भने, तिमी साँच्चै 'केही पनि' रहने छैनौ।

तिमीले यो महान् सत्य सधैं स्मरण राख्नुपर्छ। हामी त तिनै सर्वशक्तिमान परमपिताका सन्तान हौं, उही अनन्त ब्रह्माग्निका झिल्काहरू हौं—भला हामी 'केही होइन' कसरी हुन सक्छौं? हामी सबथोक हौं, हामी सबथोक गर्न सक्छौं, र मानिसले सबै थोक गर्नै पर्छ।

— स्वामी विवेकानन्द

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...